२०७९ मङ्सिर १४ गते बुधवार

परिवर्तन गाउँपालिकामा नेकपा. एकीकृत समाजवादी पालिका कमिटी नै नेकपा.एमाले मा प्रवेश




कार्तिक १ गत्ते

नेपाल कम्युनिष्ट पार्टी (एमाले) परिवर्तन गाउँ कमिटीकाे साताैं विस्तारित बैंठक तथा पार्टी प्रवेश कार्यक्रम पुतलाचाैरमा सम्पन्न भएकाे छ । ने.क.पा. (एमाले) परिवर्तन गाउँ कमिटीका अध्यक्ष प्रदिप डाँगीकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेद्वार तथा ने.क.पा. (एमाले) केन्द्रिय कमिटी सदस्य कुमार दशाैदि, विशिष्ट अतिथिका रुपमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेद्वार तथा ने.क.पा. (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य पुर्ण वुढा, ने.क.पा. (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा “ख” का प्रत्यक्ष उम्मेद्वार प्रेम बहादुर घर्ती, अतथितिहरुमा ने.क.पा. (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य लाेकेन्द्र घर्तीमगर, राेल्पा जिल्ला सचिवालय सदस्य तथा परिवर्तन गाउँ कमिटी ईन्चार्ज टेकेन्द्र घर्तीमगर लगाएतका पदाधिकारीहरु उपस्थित पार्टी प्रवेश कार्यक्रममा ने.क.पा. (एकीकृत समाजवादी) परिवर्तन गाउँ कमिटीका अध्यक्ष तिल बहादुर पुन, सचिव कर्ण बुढा (नेस्नल), गाउँ कमिटी सह-ईन्चार्ज पृथ्वी पुन, जिल्ला सदस्यहरु घन कुमारी घर्ती, सविना वि.क., गंगा प्रसाद राेका, अरुणा थापा लगातएतका १७ जना भन्दा बढी पदाधिकारी सहित सिंगाे एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटी ने.क.पा. (एमाले) मा प्रवेश गरेका छन । पार्टी प्रवेश गराउँदै कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतथिहरुले ने.क.पा. (एमाले) काे विकल्पमा अन्य कम्युनिष्ट पार्टी हुन नसक्ने भन्दै समयमै घर फर्किएकाेमा बधाई तथा धन्यवाद समेत दिनुभएकाे छ । ने.क.पा.(एमाले) परिवर्तन गाउँ कमिटीका उपाध्यक्ष हुकुम बहादुर डाँगीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन परिवर्तन गाउँ कमिटीका सचिव देव प्रसाद वलीले गर्नुभएकाे थियाे ।🙏🙏

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार