असाेज २४
दाङ :युवाको जोशमा उमंगको लहर देखिन्छ
संघर्ष बाटै सुन्दर देशको कल्पना देखिन्छ
सम्मुनतिको पद यात्रा निकै कठिन भएता पनि
चुनौती बाट सुन्दर नेपालको परिवर्तन देखिन्छ ।
भनिन्छ युवा देश परिबर्तनका बाहक हुन , युवा सचेत तथा सक्षम भयनन भने देश अगाडि बढन कदापि सक्दैन । तर आज सम्म पनि युवा लाई ढालका रुपमा प्रयोग गरियो , चाहे राणाशासन फाल्दा होस , चाहे गणतन्त्र ल्याउदा होस, चाहे पन्चायत शासन ढाल्दा होस युवाहरुको नै विशेष भुमिका थियो तर हरेक क्षेत्रमा युवा नेतृत्व दिने काम गरियन , युवाहरुलाइ केवल आन्दोलन गर्न मात्रै लगाइयो। सकारात्मक सोच भयका , बौद्धिक, हरेक सीप क्षमता भयका, जोस जागर उत्साह उमंग भएका १६ देखि ४० बर्ष सम्मकाब युवाहरुलाई प्रयोग गरेर आफ्नो राजनीतिक भबिस्य सुनिश्चित गर्ने तर ती युवालाइ सहि जिम्मेवारी दिन नसकेको हामी सबैलाई थाहा छ।यदि नेपाललाई साच्चिकै समृद्धि, सफल बनाउने हो भने तमाम युवाहरुलाइ सुसूचित गराउदै , देश बिकाशमा लगाउनु पर्दछ तबमात्र समृद्ध नेपाल र खुसी नेपालीको नाराले सार्थकता पाउछ । तर हामी राजनीति गर्ने युवाहरुले पनि सकारात्मक सोचका साथ सहिलाइ सहि गलतलाई गलत भन्ने आट गर्न सक्नु पर्छ ।
सहि अभियान, सहि काम , सहि तरिकाबाट, सहि समयमा सम्पन्न गर्न सक्नु नै युवाहरु आफैमा सफल बन्नु हो।
“पढेर युवा जागिर तिर लागिरहेछ
पढेका युवा बिदेश तिर ताकिरहेछ
मेरो प्रस्न युवा जति लाई
ल भनुहोस असल राजनितिमा को लागिरहेछ।।