२०८१ बैशाख ७ गते शुक्रवार

राप्ती राजमार्गको रुकुमखण्डमा सडक सुचारु



२२असोज,रुकुम पश्चिम / लगातारको वर्षाको कारण भासिएको राप्ती राजमार्गको रुकुम पश्चिम खण्डमा वैकल्पिक सडक खोलिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ६ डाँगीमोड नजिक राजमार्ग भासिएपछि त्यसको छेउबाट वैकल्पिक बाटो खोलिएको हो ।

मुसीकोट–झुल्नेटा–सल्यान सडकखण्ड अन्तर्गत डाँगीमोडनजिक करिब २२ मिटर सडक पहिरोसँगै भासिएपछि अवरुद्ध भएको यातायात सेवा सञ्चालनमा आएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । लगातारको वर्षाले शुक्रबार दिउँसो राजमार्ग भासिएको थियो ।

प्रजिअ घिमिरेले सडक डिभिजन कार्यालयसँग समन्वय गरेर वैकल्पिक बाटो निर्माण गरिएको बताउनुभयो । भासिएको सडकखण्डको छेउबाट वैकल्पिक बाटो बनाईएपछि रोकिराखेका सवारी साधानहरु सुचारु भएका छन् ।

राप्ती राजमार्गको दांग सल्यानखण्डको कपुरकोटमा पनि विभिन्न स्थानमा पहिरो जाँदा सवारी साधन आवागमनमा समस्या भएको छ । पहिरो आएतापनि जेसिबी मार्फत पहिरो पन्छाएर सडक गरिएको छ ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार