२०८० जेष्ठ १८ गते बिहिवार

आमाबुवा मेरो आज जन्म दिन म यो बाचा गर्छु



३ असोज/ आमाबुवा आज मेरो जन्मदिन यो संसार देखेको दिन यो संसारमा पाइला टेकेको दिन आज अलि न्यास्रो लाग्दै छ आमा खै किन हो थाहा छैन म जन्मेदेखि आफ्नो लागि नसोचि नखाई नलाई यहाँ सम्म पुर्याउनु हुने मेरा प्यारा आमा बाबा प्रति नमन, त्यसैगरि कक्षा १० सम्म पढाई लेखाई अगाडि बढ्नु सधै सत्यको बाटो अपनाउनु ठुलो मान्छे बन्नु हामिले गर्ब गर्ने बन्नु भन्दै सधै सत्मार्गमा डोर्याउन मेरा गुरूबा गुरुआमा प्रति नमन ।

हो आमा आज म जन्मेको दिन हजुरको मुहारमा खुशि छाएको दिन ति आशुले भरिएका आखामा खुशि आएको दिन बर्षौ देखि छोरो भयन भनि रून्चे अनुहारमा खुशि छाएको दिन म कसरि सम्झु आमा म त एक पात्र मात्र थिए मलाई यो संसारमा जन्मदिनु भयो अब सधै सत्यको मार्गमा हिंड्नेछु बाबाको र हजुरको नाम उच्च राख्नेछु आमा।

आमा म कसरि बणन गरू हजुरलाई म संग बणन गर्नलाई कुनै शब्द छैन आमा कुनै शब्द भेटिन आमा आमा भन्ने शब्द कति महान छ है जो कि गुमाइ सकेपछि कहिलै नपाउने रैछौ आमा म हजुर जस्तो हजारौ आमाको आशु पुछ्ने छु हजुर जस्तै हजारौ आमाको दुखको मल्हम बन्ने छु हजारौ आमाको सहारा बन्ने छु हजारौ दिदिबहिनीको सहारा बन्ने छु हजुरले दिएको त्यो अपार माया म उहाँहरूबाट पनि पाउनेछु आमा हजारौ दिदिबहिनीलाई बलात्कार हुनबाट जोगाउनेछु सधै सत्यको मार्गमा हिंड्नेछु आमा ।

आमा हजुरको नाम सधै उच्च राख्ने छु हजुरले सिकाएको आदर सम्मान मैले कहाँ बिर्सेको छु र आमा त्यो माया आदर सम्मान कहिलै बिर्शने छैन आमा म अब केहि दिनमा उच्चशिक्षाको लागि बाहिर जानेछु त्याहाँ मात्र हजुरको आशिर्वादको खाचो हुने छ आमा सधै एक्लो भयको महसुस हुनेछ आमा, आमा म हजुरको दशधारा दुधको रिण त तिर्न नसकुला तर मेरि आमा म हुदा सम्म म रहे सम्म हजुरलाई केहि दुख कष्ठ हुनदिने छैन आमा।

यो महान शब्दको म कसरि बर्णन गरू आमा म त शब्दमा यो सबै लेख्न बेतित छु मेरो जिबनमा कहिले ब्यबहारमा यो सबै शब्द उतार्न पाउला मेरो जिबनकोअरू के हि लक्ष्य छैन आमा बस मेरा भगवान जस्ता आमा बाबालाई सधै खुशि राख्न पाउ मानिस कति निर्दयि छन है आमा भगवान खोज्न मन्दिर पस्छन् किन पस्नु पर्यो मन्दिर आफ्ना आमा बाबा लाईसधै माया गर घृणा नगर सधै उहाँहरूको भनेजस्तै काम गर किन खोज्न जानु पर्यो भगवान हो आमा म मन्दिर नि त्यहि पाउछु भगवान नि त्यहि पाउछु आमा बाबा नि त्यहि पाउछु त्यो हजुरको चरणमा छु र सधै त्यहि हुनेछु आमा ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार