२०८० असोज ७ गते आइतवार

दाङमा मोटरसाईकल दुर्घटना हुँदा चालक घाइते



३१ भदौ,तुलसीपुर/ तिब्र गतिमा रहेको मोटरसाईकल भमके खोलामा पल्टिदा चालक घाइते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ निबासी २६ बर्षका कमल केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वारले जानकारी दिनुभयो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । पश्चिम दाङको श्रीगाउँबाट तुलसीपुर गइरहेको लु८०प २७४८ नम्बरको (अनटेष्ट ) मोटरसाईलक तुलसीपुर–हापुरे सडक खण्ड अन्तर्गत भमके खोलामा पल्टिएको थियो । पछाडी सवार घोराही –१५ निबासी २२ बर्षका शिशिर योगीलाई भने केहि नभएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार