
अमृत वली
२०७९/०५/१८रोल्पा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रोल्पा जिल्ला कमिटीको १७ ओैं जिल्ला अधिवेशन भाद्र २५ गते लिवाङमा हुने भएको छ ।।
अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष सुनिता बराल प्रमुख अथितिको रुपमा आउनुहुने आयोजक कमिटीले जनाएको छ । अनेरास्ववियु नेकपा एमालेको विद्यार्थी सङ्गठन हो। यसको पुरा नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रहेको छ। यस सङ्गठनको स्थापना गुणस्तरीय शिक्षा, व्यवहारिक शिक्षा र शिक्षाको वदलिकरणका लागि भएको हो। २०२२ जेष्ठ १ गते स्थापना भएको यो सङ्गठन नेपालको सबैभन्दा ठुलो विद्यार्थी आन्दोलन को नेता सङ्गठन हो, यो सङ्गठन नेपालका धेरै क्याम्पसमा रहेका छन्। राम्रो शिक्षाका लागि यो सङ्गठनले बेलाबेलामा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। यो सङ्गठनले विभिन्न जिल्लामा विभिन्न बिधाहरूमा उत्कृष्ठ व्यक्तीहरूलाई सम्मान गरी हौसला बढाउने कार्यहरू गर्दै आएको छ। यसले विश्व प्रतिष्पर्धि नागरिकको लागि शैक्षिक क्षेत्रमा वकालत गर्दै आएको छ। हाल अनेराश्ववियूले विभिन्न क्याम्पसहरूमा शिक्षा निम्ति कार्यक्रमहरू गर्दै आएको छ।
अन्य जिल्लामा यस अघिनै कार्यक्रम भएपनि रोल्पा जिल्लामा विविध समस्या कारण पछि सरेको अनेरास्ववियु रोल्पा जिल्ला ईन्चाज सन्तोष बाठा मगरले बताउनुभयो ।।