२०७९ माघ १६ गते सोमवार

दाङ-३(क)बाट कांग्रेस नेता युवराज खड्काको बलियो दाबेदारी युवाहरुकाे साथ



नेपाली कांग्रेसका युवा नेता युवराज खडका दाङ निर्वाचन क्षेत्र नम्बर ३(क)बाट प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यमा सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुन लागिरहेको प्रदेश सभा निर्वाचनमा उक्त क्षेत्रबाट खड्कासँगै आठ जनाको नाम सिफारिस भएको छ ।

विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा सक्रिय भएका खड्का यस पटक पार्टीले आफूलाई आधिकारिकता दिने र आम मतदाताको सहयोगबाट प्रदेश सभा सदस्यमा विजयी हुने दाबी गर्छन । ‘करिब दुई दशक भन्दा बढी विद्यार्थी आन्दोलन र पार्टीको सिपाही भएर काम गरियो अब जनमतबाट जनताको सेवा गर्ने इच्छा छ । यसका लागि पार्टीले न्याय गर्नेछ, जनताले विश्वास गर्नेछन्,’उनले भने ।

उक्त क्षेत्रमा लुम्बिनी प्रदेशको पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, सांसद शंकर गिरी, नेता खड्कालगायत आठजना नेताको नाम सिफारिस भएको छ । उक्त प्रदेश सभामा नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहीसकेका खड्का बलिया दाबेदार मानिन्छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार