२०७९ माघ १७ गते मङ्गलवार

दाङमा तीन दिनदेखि ड्याममा बेपत्ता परेको चौधरीको शव फेला



८ भदौ,दाङ/ दाङमा कृत्रिम जलाशयमा डुबेका एक युवकको शब फेला परेको छ । घोराही-१७ मा रहेको कर्जाही ड्यामा सोमबार डुबेका घोराही-१७ का ४० वर्षिय अम्मर चौधरीको शब तीनदिनपछि बुधबार आज फेला परेको हो ।

ड्याममा घोंघी टिप्न गएका चौधरी सोमबार ड्याममा डुबेपछि निरन्तर खोजि गर्दा बुधबार आजमात्रै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटिएको थियो । ड्याममा माटो धेरै भएकाले लामो समयपछि फेला पारेपनि जिवितै उद्धार गर्न नसकिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार