
३१ साउन, रुकुम पश्चिम / रुकुम पश्चिममा स्काईभेटर (डोजर) दुर्घटना हुँदा चालकको भएको छ । सोमबार बेलुका मुसिकोट नगरपालिका २ राउखेतमा डोजर दुर्घटना हुँदा रसुवा घर भई कास्की पोखरा बस्दै आउनुभएका ६० बर्षिय मानबहादुर प्याकुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार पातुखोला राउखेत सडक मर्मतको क्रममा सोमबार डोजर दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएका चालक प्याकुरेललाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याएको बेला डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
डोजर सडकबाट करिब १५० मिटर तल खसेको बताईएको छ ।
प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार