२०८१ बैशाख ६ गते बिहिवार

तुलसीपुरको एक घरमा आगलागी, ४ लाख बराबरको क्षति



२९ साउन,तुलसीपुर/ तुलसीपुरको एक घरमा आगलागी भएको छ । आइतबार दिउँसो ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोट निबासी ७९ वर्षिय कोट बहादुर पुनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन बहादुर स्वारले जानकारी दिए ।

पुनको दुई कोठे कच्ची घरमा आगलागी हुंदा अन्दाजी चार लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । पुनको घरमा चुलोको आगो लुगामा सल्किएर आगलागी भएको थियो । स्थानीय र प्रहरीको सहायतामा आगलागी दिउँसो ४ बजेतिर नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार