२०८१ असोज २७ गते सोमवार

रूकुम पूर्वको सेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपी सवार प्रहरी भ्यान दुर्घटना, एक जनकाे मृत्यु



२८ साउन,रुकुम पूर्व / रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ सेरामा नेपाली प्रहरी र शसस्त्र प्रहरीका डिएसपी सवार प्रहरीको भ्यान दुर्घटनामा परेको छ । जिल्ला सदरमुकाम रुकुमकोटबाट तकसेरा तर्फ जाँदै गरेको नेपाल प्रहरीको भ्यान सेरा गाउँ नजिकै दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मृतककाे नाम खुलेकाे छैन् ।

दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी र शसस्त्र प्रहरीका डिएसपी सहित ३ जना प्रहरी जवान तथा गाडी चालक घाईते भएका छन् । घाईते मध्य केहीको अवस्था गम्भिर रहेको पुथाउत्तरगंगा गाउँकार्यपालिकाका प्रवक्ता टिकासाई घर्तीले जानकारी दिनुभयो । दुवै डिएसपीको अवस्था भने सामान्य रहेको उहाँले बताउनुभयो ।

घटनाको थप विवरण आउँन बाँकी रहेको छ । घाईतेहरुलाई थप उपचारका लागि लिन सुर्खेतबाट हेलिकोप्टर मगाईएको छ ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार