२०८१ असोज २८ गते मङ्गलवार

त्रिशूलीमा इँटा बोकेको ट्रक खस्यो



२८ साउन, तुलसीपुर/ मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका-५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ । अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको एसपी अधिकारीले जानकारी दिए ।ट्रकमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने खुलेको छैन । ट्रक नदीमा डुबेकोले नम्बर पनि खुलेको छैन ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार