२०८१ असोज २७ गते सोमवार

तुलसीपुरको सडक कालोपत्रे भएको चार महिना नपुग्दै उप्कियो



२७ साउन,तुलसीपुर / राप्ती राजमार्गअन्र्तगतको तुलसीपुर बजारको मुख्य सडक कालोपत्रे गरेको चार महिना नपुग्दै उप्किएको छ । बाहिनी चोकदेखि मदनआश्रित चोकसम्मको सडक मर्मत भएको चार महिना नपुग्दै उप्किएको हो ।तुलसीपुरको बाहिनी चोकदेखि मदनआश्रित चोकसम्मको सडक कालोपत्रे गर्नका लागि पुस महिनादेखि मर्मत शुरु गरिएको थियो । तर उक्त सडक तीन महिनासम्म अलपत्र अवस्थामै थियो । सडकलाई कालोपत्रे गर्ने भन्दै निर्माण कम्पनीले लामो समयसम्म अलपत्र अवस्थामा छोडेपछि धुलोका कारण उक्त सडकमा हिड्ने पैदलयात्री, स्थानीय नगरवासी धुलोले आजित भएपछि सडकनै अवरुद्ध गरेका थिए ।पटकपटक मर्तत हुदै रोकिदै गरेर सो सडक महिनौ पछि कालोपत्रे भएको थियो । तर कालोपत्रे भएको चार महिना नहुदै सडकका चोक चोकमा खाल्डाहरु परेका छन् । जेसिआई चोक, बाहिनी चोकमा खाल्डो परेको छन् । सडकका मुख्य चोक चोकमा कालोपत्रे उप्किएर खाल्डो परेपछि दुर्घटनाको जोखिम पनि उतिकै निम्तिएको छ ।सडक मर्मतको जिम्मा पुष्पाञ्ली पिएस प्रालिले लिएको थियो । तर कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेकोले कालोपत्रे गरेको चार महिना नपुग्दै उप्किएर सडकमा खाल्डैखाल्डो परेको छ । सो सडक तीन करोड ३५ लाख ९४ हजार पाँच सय ५४ रुपैंया (भ्याट सहित) मा मर्मत भएको थियोे ।यसैबिच, तुलसीपुरको बाहिनी चोकदेखि पूर्वतिर मिडिया चोक जाने सडकमा पनि खाल्डो परेको छ । तर खाल्डो परेको धेरै समय भैसक्दा पनि सम्बन्धित निकायको ध्यान भने अझैसम्म जान सकेको छैन् । यसरी मुख्य सडकमा खाल्डैखाल्डो पर्दा उक्त सडक भएर हिडेडुल गर्ने यात्रु र सवारी साधन दुर्घटनाको जोखिममा पर्ने गरेका छन् । तर यस सडकको मर्मत गर्न कुनै पनि निकायले तत्र्पता देखाएको छैन् ।यसरी मुख्य सडकमै परेका खाल्डाहरुलाई मर्मत गर्नु सकड विभाग र स्थानीय सरकार मौन किन ? के सडक निर्माण गर्नका लागि स्थानीय नागरिकले ज्याननै गुमाउनु पर्ने हो ?

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार