
१८-साउन,तुलसीपुर / दाङमा ८ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मंगलबार दिउँसो शान्तिनगर गाउँपालिका-५ निवासी ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-५ निवासी अन्दाजी २८/२९ वर्षिय चमन विक रहेका छन् । विकलाई तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीस्थित आफन्तको घरमा लुकिछिपी बसीरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको हो ।
बिकले बालिकालाई उनको घरदेखि एक सय मिटर पर मकैबारीमा लगेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ । बालिकाको अवस्था भने सामान्य रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार