२०८१ बैशाख ६ गते बिहिवार

चाइनाबगरबाट चौरजहारी जाँदै गरेको अटो दुर्घटना, ८ जना घाइते, ४ जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइयो



१७ साउन, रुकुम/ रुकुम पश्चिममा अटो दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १ चाइनाबगरबाट चौरजहारी नगरपालिका तर्फ जादैँ गरेको भे १ ह ६०३९ नम्बरको अटो जहारीखोलामा दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक सानीभेरी १ का २६ बर्षिय पुर्ण बहादुर पुन, सोही वडाका २० बर्षिय सुन्दर पुन, २३ बर्षिय शनि पुन, २५ बर्षिय निसा राना पुन र ५० बर्षिय इन्द्रकली पुन रहेका छन् । त्यस्तै चौरजहारी नगरपालिका वडा नम्बर ८ गोहीरीकी ६३ बर्षिया मन्सरी घर्ती, २३ बर्षिया प्रसान्ती घर्ती, प्रसान्तीका छोरा ४ वर्षिय उपेन्द्र घर्ती रहेका छन् । घाइते मध्ये सबैभन्दा बढि प्रसान्तीका छोरा उपेन्द्र घर्ती चाेट लागेको छ भने सामान्य उपचार पछि निसालाई डिस्चार्ज गरिएको छ ।

गम्भिर घाइते भएपछि ६३ बर्षिया मन्सरी घर्ती, २३ बर्षिया प्रसान्ती घर्ती, प्रसान्तीका छोरा ४ वर्षिय उपेन्द्र घर्ती र ५० बर्षिय इन्द्रकली पुनलाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ । भने अन्य तिन जनाको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । घाइते सबैको टाउकोमा चोट लागेको छ ।

अटोमा क्षमताभन्दा बढी मान्छे राख्नु रओरालो बाटोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार