२०७९ माघ १७ गते मङ्गलवार

टरिगाउँ विमानस्थलबाट ‘रिफ्युलर’ लैजान स्थानीयको अवरोध



१५ साउन, तुलसीपुर/ दाङको टरिगाउँ विमानस्थलमा विमानमा इन्धन भर्ने ‘रिफ्युलर’ गाडी अन्यत्र नलैजान स्थानीय वासिन्दाले आग्रह गरेका छन् ।

टरिगाउँ विमानस्थलमा रहेको ‘रिफ्युलर’ गाडी धनुषा जिल्लामा लैजान लागेपछि स्थानीय वासिन्दा, उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले अवरोध गरेका हुन् ।उपमेयर स्यानी चौधरीले जिल्लामा एक पटक ल्याइसकेको ‘रिफ्युलर’ अन्यत्र नलैजान आग्रह गरेको बताइन् । ‘कति वर्ष लगाएर यहाँ ल्याएका छौं, यसलाई अन्यत्र लैजान दिँदैनौं, बरु हामी सुरक्षा गर्छौं भन्यौं’ उनले भनिन् ।बरु टरिगाउँ विमानस्थलमा उडान थप गर्न आग्रह गरिएको उपमेयर चौधरीले बताइन् ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार