२०८० चैत्र १६ गते शुक्रवार

एसईईकाे नतिजा चित्त नबुझेकाले पुनर्याेगका लागि निवेदन दिन सक्ने



काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन विद्यार्थीलाई सूचित गरेको छ ।

आज सूचना निकालेर बोर्डले २०७८ सालमा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने जनाएको छ । त्यसका लागि विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाई वा सोझै कार्यालयमा आउँदो साउन २७ गतेसम्म निवेदन दिन सक्नेछन् ।

बोर्डले बुधवार २०७८ सालको एसईईको नतिजा सार्वजनिक गरेको थियो । राष्ट्रिय  परीक्षा  बोर्डका  अनुसार  यस वर्षको परीक्षामा देशभरबाट ४ लाख ९५ हजार ७ सय ५१ जना विद्यार्थी सहभागी  थिए । नतिजामा चित्त नबुझेका विद्यार्थीले निवेदन दिँदा प्रतिविषय पाँच सयका दरले रकम खातामा जम्मा गर्नुपर्नेछ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार