२०८० चैत्र १५ गते बिहिवार

अबको तीन दिनसम्म दाङसहित १४ जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने



१२ साउन, तुलसीपुर / अबको तीन दिनसम्म दाङसहित १४ जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार अबको तीन दिन काभ्रे, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, कास्की, लमजुङका साना नदी तथा खोलामा बाढीको पूर्वानुमान गरिएको छ ।

यस्तै, म्याग्दी, बैतडी, डडेलधुरा र आसपास भइ बहने नदी तथा खोलामा आकस्मिक बहाव बढ्ने भएकाले यी जिल्ला भएर बहने नदी तटीय क्षेत्रममा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै उता कर्णालीमा हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ ।

नदीको बहावले तटबन्ध नै भत्काउन थालेपछि कैलालीको टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक जोखिममा परेका छन् । नदीले टीकापुर नगरपालिका–५ को टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कटान गरेको छ । त्यहाँ नदी नियन्त्रणका लागि बनाएका स्पर तथा तटबन्धलाई भत्काउन थालेको छ ।।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार