
१२ साउन, तुलसीपुर /दाङमा ६७ वर्षिया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका ६ मध्यनगर निवासी २९ वर्षिय बलबहादुर चौधरी रहेको जिल््ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
डिएसपी रिजालका अनुसार लमही नगरपालिका – ६ मध्यनगर निवासी ६७ वर्षिया वृद्धा घरमा एक्लै भएको अवस्थामा पटक पटक जबरजस्ती करणी गर्दै आएका थिए । वृद्धाले आफूलाई जबरजस्ती करणी गर्ने व्यक्तिलाई पहिचान गर्न नसक्दा घटना बाहिरीन ढिला भएको हो परिवारलाई उद्धत गर्दै प्रहरीले बताएको छ ।
आफूलाई जबरजस्ती करणी गर्ने व्यक्ति साउन २ गते राती ९ बजेतिर वृद्धाले पहिचान गरेपछि प्रहरीकोमा उजूरी दिएको उहाँको पारिवारीक स्रोतले बताएको छ । परिवारले बुधबारमात्रै प्रहरीमा उजुरी दिएको थियो । वृद्धाको अवस्था भने अहिले सामान्य रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।