२०८२ बैशाख ५ गते शनिवार

सल्यानमा टिकटक बनाउने क्रममा लडेर एक युवा कुपिण्डे तालमा बेपत्ता



१० साउन,सल्यान/ सल्यानमा टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा एक युवा कुपिण्डे तालमा बेपत्ता भएका छन् ।जिल्लाको कपुरकोट गाउँपालिका ६ सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका ६ बस्ने अन्दाजी ३७ वर्षको जिवन बस्नेतले वेपत्ता भएका हुन । मंगलबार दिउँसो साथीहरुसँग तालको छेउमा टिकटक बनाई रहेको अवस्था चिप्लिदा बनगाड कुपिण्डे नगरपालिका ९ मा रहेको कुपिण्डे तालमा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार