२०७९ माघ १६ गते सोमवार

कोहलपुरमा एक दम्पत्ती मृत भेटिए



१० श्रावण / नेपालगञ्ज / बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुरमा मंगलबार एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।
मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधसुदन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । उनीहरूको बिहे भएको एक वर्ष भएको थियो ।
घटना शङ्कास्पद भएको उल्लेख गर्दै डिएसपी न्यौपानेले शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताए । ‘घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ,’ डिएसपी न्यौपानेले भने ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार