२०८१ असार १२ गते मङ्गलवार

दाङमा एक छात्रामाथि यौन दुव्र्यबहार गरेको आरोपमा शिक्षक पक्राउ



९ साउन दाङ/विद्यार्थीलाई यौन दुव्र्यबहार गरेको भन्दै दाङका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नं. ५ पहरूवा स्थित स्टार समिट बोडिङ स्कुलमा अध्ययनरत पाँच बर्षिया छात्रालाई यौन दुर्वेवहार गरेको आरोपमा शिक्षक ५० बर्षीय शिक्षक श्यामलाल चौधरीलाई पक्राउ गरेको हो ।
शिक्षकले यौन दुव्र्यबहार गरेको कुरा बालिकालाई नुहाउने क्रममा आफ्नो आमालाई भनिन् । बालिकाले आफ्नो गुप्तांग दुखेको भनि आमालाई बताएपछि त्यसको कारण खोज्दा शिक्षकले दुव्र्यबहार गरेको पत्ता लागेको हो । त्यसपछि अभिभावकले किटानी जाहेरी गरेपछि इलाका प्रहरी कार्यालय सिसहनियाले पक्राउ गरि ईलाका प्रहरी कार्यालय भालुवाङ पठाएको हो ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार