२०८० चैत्र १६ गते शुक्रवार

ट्राफिक प्रहरी लाई गालि होइन धन्यवाद भनौं




दाङ श्रावण

नेपालमा अहिले सवारी दुर्घटना एकदम बढ्दो छ। यहि कारणले हजारौं मानिस ले अकालमै आफ्नो अमुल्य ज्यान गुमाउन परेको छ। सवारी दुर्घटना हरेक कारणले हुन सक्छन् ।दुर्घटना भन्ने कुरा कति बेला हुन्छ कसैलाई थाहा हुदैन तर पनि तपाई हाम्रो सानोतिनो गल्ती कारणले दुर्घटना हुन्छ । अहिले सवारि दुर्घटना का मुख्य कारण रक्सि ,लागुपदार्थ सेवन ले भएका छन्।
जन्मदिन ,विवाह ,चाडपर्व होस् या अन्य सबै विभिन्न उत्सव हरु मा रक्सि, जाड को प्रयोग हुन्छ । रक्सि प्रयोग मुख्य त युवा अबस्थामा पनि बढ्दो छ। मध्यपान सेवन गरि सवारी चलाउदा सवारी नियन्त्रण गर्न नसकेर हजारौं मानिस ले ज्यान गुमाएका छन्। सवारी दुर्घटना बाटो घाटो को ब्यवस्थापन ,ट्राफिक ब्यवस्थापन कमजोरी ले पनि हुने गर्छ। बिशेषत अहिले दुर्घटना रक्सि ,मध्यपान को कारण भएको छ। सवारी दुर्घटना नियन्त्रण का लागि स्थानीय सरकार ,पुलिस प्रशासन लगायत तपाईं हामी सबै ले सवारी दुर्घटना नियन्त्रण मा लाग्नु पर्छ।
यो हामी सबै को दायित्व हो। तपाई हामी पनि बाईक लगायत कुनै पनि सवारी साधन चलाउदा हेलमेट ,सिट वेल्ड प्रयोग गरौँ । अहिले हरेक स्थानीय सरकारले आफ्नो क्षेत्र मा सवारी दुर्घटना नियन्त्रण गर्न छुट्टै नीति नियम तयार पार्न आबश्यक छ। विवाह ,जन्मदिन चाडपर्व मा होस या अन्य उत्सव हरु मा जाँडरक्सी जस्ता अन्य मध्यपान , लागुपदार्थ मा रोक लाउनु पर्छ ।तपाई हामी सबै नागरिक पनि सचेत हुनु पर्छ।आफ्नो युवा अबस्थाका छोराछोरी लाई पनि परिपक्व नभए सम्म सवारी साधनको प्रयोग गर्न दिनु हुदैन ।छोराछोरी ले गरेको गल्ती लाई स्विकार्र गर्नु पर्दछ। यदि ट्राफिक प्रहरी ले तपाई हाम्रो छोराछोरीलाई रक्सि प्रयोग गरेको अबस्थामा ,विल ,लाईसेन्स नभएको लगायत अन्य कुनै गल्तीको कारणले सवारी साधन नियन्त्रण लिन्छन् भने उहाँहरु लाई गालिगलोज, सत्ता ,शक्ति को प्रयोग होइन ।धन्यवाद प्रकट गरौँ । यो हाम्रो लागि हो बुझौं । असल नागरिक बनौं । राम्रो काम सकारात्मक सोच को बिकास अरु बाट होइन पहिले आफै बाट सुरुवात गरौं ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार