२०८० चैत्र १६ गते शुक्रवार

दाङको घोराहीबाट लागूऔषसहित ३ जना पक्राउ



दाङको घोराहीबाट लागूऔषसहित ३ जना पक्राउ परेका छन् । घोराही–१३ बडहराबाट आइतबार (आज) साँझ करिब सवा ४ बजे ३ जनालाई आगूऔषधसहित पक्राउ गरिउको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरिएको दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । ‘पक्राउ पर्नेहरुको परिचय खुलेको छैन । पक्राउ परेका ३ जनलाई अहिले यहाँ (कार्यालय) मा ल्याउने काम भइरहेको छ,’ काफ्लेले भन्नुभयो, ‘उनीहरुको कोको कुन र कति लागूऔषध बरामद भएको छ भन्ने अनुसन्धानबाट खुल्ने छ ।’

थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार