२०८२ बैशाख ७ गते सोमवार

नेकपा माओवादीका पुर्ब दाङ जिल्ला इन्चार्ज र तुल्सिपुर नगर सह इन्चार्ज एमालेमा प्रबेस




दाङ
असार ११
नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम र कलिभान राेका एमाले प्रवेश गर्नु भएको छ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराउनु भएको हो।

त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताउनु भयो । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिनुहुन्छ।

उहा नेकपा माओवादी केन्द्रका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने कलिभान राेका प्रदेस कमिटी सदस्य तथा तुल्सिपुर नगर सह, इन्चार्ज हुनुहुन्थ्यो ।गौतम स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयरको टिकट नपाएपछि पार्टीसँग रुष्ट बन्नु भएको थियो ।त्यसैगरि कलिभान राेका गठबन्धन बाट पराजित हुन भएकाे थियोे । उहाले गठबन्धन नाममा आफुलाई घात गरेकाे बताउनु भएकाे थियाे ।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार