२०८० मङ्सिर २५ गते सोमवार

जिसस रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित



जेठ २९

जिसस रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित
रुकुम पश्चिम । जिल्ला समन्वय समिति रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
आज मुख्य निर्वाचन अधिृकृतको कार्यालयले
प्रमुखमा लुम्बिनी गौतम र उपप्रमुखमा देववहादुर कामी निर्वाचित भएको औपचारिक रुपमा घोषणा गरेको हो ।
गौतम नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य र कामी प्रदेश कमिटी सदस्य हुनुहुन्छ । अन्य ७ जना सदस्यहरु पनि सबै माओवादी केन्द्रबाट निर्विरोध निर्वाचित भएका छन् ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट
प्रमुखमा गौतमले जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर १० र उपप्रमुखमा निर्वाचित कामीले सानीभेरी ३ को सदस्यमा चुनाव जित्नुभएको थियो ।
निर्वाचित हुने सदस्यहरुमा देउभान ओली, कृष्णबहादुर यरी, रामकुमार गौतम, मीना विक, गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली रहनुभएको छ ।
अन्य कसैले उम्मेदवारी नदिएपछि मनोनयन दर्ताकै दिन जेठ २६ गते नै माओवादीका उम्मेदवार निर्विरोध भएपनि औपचारिक घोषणा भने आज भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज मतदानको मिति तोकेको थियो ।
जिल्लामा जम्मा ६ वटा स्थानीय तह रहेकामा १२ जना मतदाता थिए । जसमा माओवादी केन्द्रका ९ जना, नेपाली कांग्रेसका २ जना र नेकपा एकीकृत समाजवादीका १ जना रहेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार