२०८० जेष्ठ २२ गते सोमवार

आफ्नो क्षेत्रमा बजेट नपारेको भन्दै सांसद जंगिदा सिंहदरबारमा तनाव,आफ्नै सांसद रामबाबु यादवद्वारा कुटिए सामान्य प्रशासनमन्त्री




जेष्ठ २६

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ ।

जसपाका सांसद रामबाबु यादवले मन्त्री माथि हातपात गरेका हुन् । बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए ।

मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए । जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार