२०८० चैत्र १६ गते शुक्रवार

वार्ड अध्यक्ष राम बहादुर जिसि द्वारा मुटु रोगी बिश्वकर्मा लाई सहयोग




तुल्सिपुर
जेष्ठ २१
तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ काअध्यक्ष राम बहादुर जिसि ले तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ स्थित शारदा टाेल बिकाश बस्ने मुटु राेग बाट ग्रसित बर्ष ४१ कि अनिता विश्वकर्मा लाई तीन हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन ।
सहयोग रकम हस्तान्तरण गर्दै जिसिले आफुले प्रदान गरेको रकम धेरै नभए पनि उपचारमा केही राहत हुने बताउनु भयो।आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा कठिनाइ भएकोले प्राप्त रकमले उपचारमा सहयोग मिल्ने बताउनु भयो।
सहयोग रकम बुझ्दै बिश्वकर्माले सहयोग प्रदान गरेकोमा वार्ड अध्यक्ष जिसिलाई धन्यवाद प्रदान गर्नु भयो।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार