२०८० जेष्ठ २७ गते शनिवार

बेत्रावति टोल बिकास संस्था द्वारा नबनिर्बाचित जनप्रतिनिधिहरु लाई स्वागत




तुल्सिपुर
जेष्ठ २१
तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ स्थित बेत्रावति टोल बिकास संस्था ले आज एक कार्यक्रम गरि नबनिर्बाचित तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ का जनप्रतिनिधिहरु लाई स्वागत तथा अभिनन्दन गरेको छ।
बेत्रावति टोल बिकास संस्थाका अध्यक्ष बिष्णु प्रसाद भुसालको अध्यक्षता एबम नबनिर्बाचित वार्ड अध्यक्ष राम बहादुर जिसि को प्रमुख आतिथ्यता मा भएको कार्यक्रम मा नबनिर्बाचित वार्ड प्रतिनिधिहरु
अध्यक्ष राम बहादुर जि.सि, वार्ड सदस्य मानबहादुर राना,शोभाराम भन्डारि ,महिला सदस्य डिला बिश्वकर्मा र देबियानी चौधरि लाई टोलबासीहरु ले फुलमाला ,अबिर र खादा लगाएर स्वागत एबम अभिनन्दन गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी एबम वार्ड अध्यक्ष रामबहादुर जिसि ले आफु र आफ्नो पदाधिकारी टोलि ले समग्र वार्ड को बिकास मा एकताबद्द भएर लाग्ने र जनताको आशा र भरोसालाई कहिले पनि निराशामा बदल्न नदिने प्रतिबद्धता प्रकट गर्नु भयो। समग्र वार्ड को बिकासका लागि आफू लाग्ने बताउनु भयो।
उक्त कार्यक्रमका बक्ताहरुले टोलबासिहरुको आधारभुत आबस्यकताहरु सडक, विद्युत,पिउने पानी,सिचाई जस्ता पुर्बाधारहरु निर्माण मा लाग्न र टोल मा रहेका सम्पुर्ण युबाहरुलाई खेलकुद मा जोड्नको लागि नबनिर्बाचित पदाधिकारीहरु लाई आग्रह गर्नु भयो।
दोर्ण केसि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन बेत्रावतिटोल बिकास संस्था का उपाध्यक्ष ईश्वर शर्माले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार