२०८३ जेष्ठ १९ गते बुधवार

वार्ड सदस्य राना द्वारा क्यान्सर पीडित भन्डारी लाई सहयोग




तुल्सिपुर
जेष्ठ १६

डिल्लीराज भुसाल


तुल्सिपुर वार्ड न ७ बुढागाउँ निबासी क्यान्सर पीडित ४२ बर्षिय चुडामणिा भन्डारीलाई तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ का वार्ड सदस्य मान बहादुर रानाले पाँच हजार सहयोग प्रदान गर्नु भएको छ। सहयोग रकम भन्डारिकी छोरी लाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो। वार्ड सदस्य रानाले सहयोग रकम सानो भए पनि उपचारमा यसले मद्धत पुगोस् भनी सहयोग गरेको बताउनु भयो। “एक थुकी सुकि हजार थुकी नदि” भनेजस्तै सहयोग रकमले उपचाररत भन्डारिलाई यथाशीघ्र स्वास्थ लाभहोस भनी अपेक्षा गर्नु भयो ।
त्यस्तै उक्त कार्यक्रममा तुल्सिपुर ७ मटेरा निबासी रमण वलिले दुई हजार र तुल्सिपुर ७ जितपुर निबासी
बिराट आचार्यले १००० सहयोग प्रदान गर्नु भयो।
सहयोग रकम बुझ्दै छोरिले प्राप्त सहयोग रकमले उपचाररत बुबाको उपचारको लागि सहयोग गर्ने बताउनु भयो।
ब्रैन ट्युमरबाट पीडित भण्डारी काठमाडौं स्थित काठमाडौ क्यान्सर हस्पिटलमा भर्ना गरिएको छ। चार जना को परिवार रहेको भण्डारीको आर्थिक अबस्था कमजोर रहेकोले आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ।
सहयोग को लागि रास्ट्रीय बाणिज्य बैंक तुल्सिपुरमा रहेको श्रीमती तुलसा भन्डारिको खाता नम्बर ४१६०१०००२६२३००१० मा सहयोग गर्न अपिल गरिएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार