
जेष्ठ ०७
हालै सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको बलात्कारको घटनामा पीडितलाई न्यायको माग राख्दै आज पनि प्रदर्शन भएकाे छ। काठमाडौको माइतीघर मण्डलामा महिला तथा युवाहरुले स्वतःस्फूर्त मार्च प्रदर्शन गरेका हुन्।

उनीहरुले पीडितको न्याय र बलात्कार एवं यौनजन्य दुर्व्यवहारमा भएको कानुनी हदम्याद खारेजीको माग राखेका छन्। सौन्दर्य प्रतियोगिताको विरोध गर्दै उनीहरुले ‘स्त्री दबाउने कानुन अब चल्दैन’, ‘इनफ इज इनफ स्टप रेप’, ‘दोषीलाई कारबाही गर’, जस्ता नाराहरू लेखिएको पम्प्लेटहरू प्रदर्शन गरेका छन्।

केही दिनअघि एक युवतीले आफूलाई आठ वर्षअघि सुन्दरी प्रतियोगिताको आयोजकले बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्। उनको न्याय र पीडकलाई कानुनी दायरामा ल्याउन माग गर्दै प्रदर्शनहरु भइरहेको छ।
प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार