२०८० चैत्र १६ गते शुक्रवार

बालेनको मत ३४ हजार नाघ्यो




जेष्ठ ७
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार उनको मत संख्या ३४ हजार नाघेको छ ।
उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा १५ हजार ५३७ मतले अगाडि छन् ।
साहले ३४ हजार ५२ मत ल्याएका छन् भने स्थापितले १८ हजार ५१५ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १८ हजार ४३१ मत ल्याएकी छन् ।
सिर्जना बालेनभन्दा १५ हजार ६३९ मतले पछि छन् । स्थापित र सिं‌हको मतान्तर मात्रै ८४ छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार