
बैशाख ३०
स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ ।
वालिङ नगरपालिका १४ शिर्घबाट वालिङ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जिप पञ्चमुलमा दुर्घटनामा परेकाे हाे । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको हो ।
आज बिहान भएकाे दुर्घटनामा अहिलेसम्म १४ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । उनले मृतक १४ जनामध्ये १० जनाकाे सनाखत भइसकेकाे पनि जानकारी दिए ।
प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार