२०८१ बैशाख ६ गते बिहिवार

यस्तो रहनेछ आज र भोलिको मौसम




बैशाख २९
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात “असानी“ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार प्रदेश नं १ र मधेस प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै शुक्रवार प्रदेश नं १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार