२०८१ बैशाख ४ गते मङ्गलवार

रुकुम पश्चिम माओवादी केन्द्रका अध्यक्ष प्रहरीको नियन्त्रणमा




बैशाख २७
नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिवेणीकै ९ नम्बर वडामा रहेको प्रहरी चौकी तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले पालिका अध्यक्ष गणेश खड्कालाई नियन्त्रणमा लिएको छ । वैशाख २२ गते विहान प्रहरी चौकी तोडफोड भएको थियो ।

त्यसमा अध्यक्ष खड्काको संलग्नता रहेको भन्दै प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी चौकी नुवाकोटको छाना र अरु कोठामा क्षेती पुगेको छ । प्रहरीले अरु दुई वाइसीएल कार्यकर्तालाई पनि पक्राउ गरेको छ । सवारी साधन तोडफोड गरेको भन्दै आठबीसकोटमा उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार