२०८१ माघ २४ गते शुक्रवार

बालसहारा सेकेण्डरी स्कुल द्वारा शैक्षिकसत्र ०७८ बार्षिक नतिजा प्रकाशन




बैशाख १६
तुल्सिपुर ४ बनहरी स्थित बाल सहारा सेकेण्डरी स्कुल ले शैक्षिकसत्र २०७८ को बार्षिक परिक्षाको नतिजा आज सार्वजनिक गरेको छ।


बिद्यालय का प्र .अ.शालिकराम कार्की को अध्यक्षता मा भएको कार्यक्रममा बोल्दै बक्ताहरुले विद्यालयले ग्रामीण क्षेत्रमा शिक्षाको ज्योति फैलाउन महत्त्वपूर्ण भुमिका खेलेको बताए।
कार्यक्रम मा बोल्दै अभिभावक शन्खु चौधरीले आदर्शबान ,चरीत्रबान ,नैतिकबान बिध्यार्थी निर्माणमा विद्यालयले खेलेको भुमिकाको प्रशम्सा गर्नु भयो। ग्रामिण क्षेत्रमा रहेर पनि शहरी क्षेत्रका विद्यालयहरुको भन्दा राम्रो नतिजा ल्याउने र बिध्यार्थी मा सभ्यताको जग हाल्ने काम विद्यालयले गरेको बताउनु भयो।
सोही क्रममा बोल्दै विद्यालय संचालक समिति सदस्य एबम शिक्षक शरद चन्द्र शर्माले अभिभावक ,विद्यालय र विध्यार्थी को त्रीकोणात्मक भुमिका हुने बताउनु भयो।
विद्यालयलाई रचनात्मक सल्लाह सुझाव दिने काम अभिभावकहरु ले गर्नु भएको ले विद्यार्थीहरु लाई गुणवान् र नैतिकबान बनाउनेतर्फ विद्यालय सफल भएको बताउनु भयो।


उक्त कार्यक्रममा बोल्दै विद्यालय का प्र अ शालिकराम कार्की ले विद्यालय परिवार ले कहिले पनि गफ नगर्ने हरेक कुरा लाई व्यबहार मा उतार्ने बताउनु भयो। कलिला अबोध बालबालिकाहरु को भबिस्य निर्माण मा विद्यालय परिवार सदैव प्रतिबद्ध भएको र अभिभावकको साथ र सहयोगले विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल रहेकोे बताउनु भयो।
सोही कार्यक्रममा विद्यालय का शिक्षक बिराट आचार्यले विद्यार्थि ले प्राप्त गरेको नम्बर लाई भन्दा जीवन उपयोगी ज्ञान र सीप लाई जोड दिन अनुरोध गर्नु भयो।
कार्यक्रममा बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने कक्षा नर्सरी देखि नौ सम्म का विध्यार्थिहरु लाई पुरस्कृत गरिएको थियोे ।
विद्यालयका नेपाली शिक्षक ओखिराम केसि को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम को संचालन शिक्षक डिल्लीराज भुसाल ले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७९ बैशाख १६ गते शुक्रवार