२०८१ बैशाख ७ गते शुक्रवार

३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा



दाङ १५
आउने  ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।
आउने ३० गते शुक्रवार निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि  सरकारलाई अनुरोध गरिसकेको छ ।
चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा नै हुनेछ ।
यस्तै, २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।
यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न आउने २८ र २९ गते  विद्यालयको उपयोग गर्नुपर्ने आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ । 

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार