
बैशाख १४
नेकपा एमाले तुल्सिपुर उपमहानगरपालिका वार्ड न ३ द्वारा उम्मेदवार परिचय तथा चुनाबि सभा आज दमारगाउ मा सम्पन्न भएको छ।
नेकपा एमाले वार्ड न ३ का अध्यक्ष लिलाधर ओलि को अध्यक्षता एबम नगर प्रमुख साथै केन्द्रिय सदस्य घनश्याम पान्डे को प्रमुख अतिथि मा भएको कार्यक्रममा केपि ओलि ले कोरेको बिकासको खाका लाई सार्थक पार्न को लागि आसन्न निर्बाचन मा सुर्य चिन्ह मा मतदान गर्न अनुरोध गरेका थिए ।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले का केन्द्रिय सदस्य एबम तुल्सिपुर उपमहानगरपालिका का प्रमुख घनश्याम पान्डे ले आगामी निर्बाचन मा एमाले का उम्मेदवारहरु ले बिजय भएपछि महिलाहरु को प्रजनन स्वास्थ निशुल्क र सामुदायिक बिध्यालय बाट माध्यमिक तह पास गरेका सम्पुर्ण छोरीहरु लाई निसुल्क शिक्षा को ब्यवस्थापन गर्ने बताउनु भयो।
तुल्सिपुर उपमहानगरपालिका का मेयर पद का उम्मेदवार टिकाराम खड्काले सुकुम्बासी समस्या र तुल्सिपुर उपमहानगरपालिकामा बिकासको मुल फुटाउन को लागि पनि आफुलाई निर्बाचित गराउन अनुरोध गर्नु भयो।

त्यस्तै अर्कि बक्ता उपमेयर कि उम्मेदवार स्यानी चौधरी ले आफू जनजाती परिवारकी छोरी लाई निर्बाचित गरे तुल्सिपुर उपमहानगरपालिका मा कोहि पनि मानव असाह्य बालबालिका कोहि पनि नहुने प्रतिबद्धता जनाउनु भयो।
कार्यक्रम लाई सम्बोधन गर्दै एमाले संगठन बिभाग इन्चार्ज श्याम डागी ले बिकास को पर्याय एमाले भएकोले आगमी निर्बाचन मा स्थानीय तह मा क्लिन स्विप एमाले ले गर्ने बताउनु भयो।
कार्यक्रम लाई सम्बोधन गर्दै वार्ड अध्यक्ष का उम्मेदवार बिरबहादुर बिक (बिजय) ले तुल्सिपुर को बिकट, कर्णालि भनिने सातबास, बल्ले सिरिबास आदि ठाउँ मा बिकास को मुल फुटाउने काम अघिल्लो कार्यकाल मा गरेको र त्यस्लाई निरन्तरता दिन आफुलाई निर्बाचित गराउन अनुरोध गर्नु भयो।

कार्यक्रममा दलित महिला सदस्य उम्मेदवार दिलमाया नेपाली ,महिला सदस्य पदकी उम्मेदवार शान्ता राना,
पुरुष खुला तर्फ का उम्मेदवार जितबहादुर घर्ती,
पुरुष खुला तर्फ का उम्मेदवार कर्ण बहादुर बुढा ,अनेम संघ कि शोभा बुढा,युबासङ तुल्सिपुर उपाध्यक्ष खिम ब बिक आदिले मन्तव्य राख्नु भएको थियो ।
सो अबसर मा विभिन्न पार्टी परित्याग गरि ६० जना युबाहरु नेकपा एमालेमा प्रवेश गरेका थिय। नबप्रबेशीहरुलाई कार्यक्रम का प्रमुख अतिथी ,विशिष्ट अतिथी,अतिथीहरु ले अबिर र माला लगाएर स्वागत गर्नु भएको थियो।

अनु खड्का को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन वार्ड सचिब हिरा बि,क ले गर्नु भएको थियोे ।