२०८१ बैशाख ७ गते शुक्रवार

पाइलट विजय लामाद्वारा रेणु दाहालको खुलेर तारिफ




बैशाख ११
पाइलट विजय लामाले रेणु दाहालले भरतपुर महानगरको मुहार नै फेरिदिएको बताएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार भएकी नेकपा (माओवादी केन्द्र) की नेता रेणु दाहालले विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गरेकाले भरतपुरको मुहार फेरिएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पाइलट लामाले विकास र समृद्धिका लागि अहोरात्र खट्ने नेताहरु नै जनताको रोजाइमा पर्नुपर्ने बताएका छन् ।
उनले दाहालले गरेको कामलाई नजरअन्दाज नगर्न लामाले आग्रह गरेका छन् । ‘पार्टी जुनसुकै होस् व्यक्ति र परिवेश जस्तोसुकै होस् हामीलाई चाहिएको विकास र समृद्धि हो । विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाई बन्नुपर्छ’ लामाले भनेका छन्, ‘यस्तै चेलीहरु नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनु पर्छ ।’ दाहाल भरतपुरको दोस्रो कार्यकालका लागि गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार भएपछि लामाले खुलेरै प्रशंसा गरेका हुन् ।

यस्तो छ उनले लेखेको :

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार