२०८१ बैशाख १ गते शनिवार

तुल्सिपुर उपमहानगरपालिकाको उपप्रमुख मा रानाको नाम सिफारिस




बैशाख ०९
आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन को तर्फ बाट नेकपा एकीकृत समाजबादी को भागमा परेको तुलसीपुर उपमहानगरपालिका उपप्रमुख पदमा नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रिय सदस्य जोगवहादुर राणाको नाम सिफारिस गरेको छ।

गठबन्धनअनुसार लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीलाई दुई उपमहानगरपालिकामा उपप्रमुख पद दिने सहमति अनुसार बुटवल उपमहानगरपालिकामा प्रदेश कमिटि सदस्य चिनबहादुर गुरुङलाई उम्मेदवारको नाम सिफारिस गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका र बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई प्रमुख पद दिने सहमति भएको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार