२०८० जेष्ठ २२ गते सोमवार

मगरको पहलमा पुनले विदेश बाट गरे एक विद्यालयमा शैक्षिक सामाग्री बितरण ।।



रोल्पा , २७ रोल्पा रुन्टिगडि गाउपालिका वडा नम्बर ८ मगरगोरि मा अबस्थित श्री भानु आधारभुत बिद्ययालयमा एक कार्यक्रम गरि आधरभुत बिकाश केन्द्र ( सिसु ) का १२ विद्यार्थी सहित कक्षा १, २,३ र ४ का ११० विध्यार्थि लाई शैक्षिक सामाग्री बितरण गरिएको छ । अनलाइन टि भि पत्रकार संघ दाङ जिल्लाका सचिब एच. आर. मगर को पहलमा साउदि मा रहनुभएका बेगम पुनले पठाउनु भयका रु ५० हजारबाट उक्त बिद्यालयका आधरभुत बिकाश केन्द्र ( सिसु ) कक्षा ,३ र ४ कक्षाका विद्यार्थीहरु लाई स्कुल झोला र कक्षा १ र २का विद्यार्थी लाई कपि कलम गरि करिब ५० हजार बराबर सहयोग गर्नु भएको हो । बिध्यलय का प्राध्यानपक टेकेन्द्र घर्तिको अध्यक्षता मा सन्चालन भएको कार्यक्रम मा स्कुल कि शिक्षिका दिपा बुढा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने रुन्टिगडि गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष श्रि भिम ब. पुन को प्रमुख अतिथित्य मा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रममा प्रमुख अतिथि पुनले बेगम पुनले जस्तै अरु युवाहरुले पनि स्कुल लाई सहयोग गरे मा स्कुल को स्तर र उन्नति हुने र त्यस प्रकारका सहयाेगले निम्न बर्गका बालबालिकालाई पढाईमा थप सहयाेग हुने जानकारी दिनुभयाे । अनलाइन टिभि पत्रकार संघ दाङ जिल्लाका सचीव एच. आर. मगर ले पनि दुर्गम क्षेत्रमा रहेको स्कुलमा आफु स्वयंम आएर सहयोग गर्न पाउदा निकै खुशी भएको र कार्यक्रम बाटै सहयोग पठाउने बेगम पुन लाई पनि विशेष धन्यवाद दिएका थिए । बिशिस्ट अतिथि विध्यलयका सुचना अधिकृत टिकाराम बुढाथोकी लगायत अम्बर बहादुर बहकरि, कृष्ण ब. साहु, तुलसी पुन, बोम बहादुर पुन, अर्जुन रोका मगर, भानु घर्ति मगर लगाएत अन्य अतिथि हरुले पनि आफ्नो मन्तव्य राखेका थिए । सहयोग स्वरुप कापि, कलम, झोला पाउदा विद्यार्थीहर पनि निकै खुशि र हर्षत भएका थिए भने कार्यक्रमको सन्चालन आर. जे. शान्तराम ले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार