
सल्यान, फागुन २४———
११२ औं अन्तरास्ट्रिय नारी दिवसको अबसरमा सल्यानको श्रीनगरमा रहेको मित्र प्याराडाईज सेकेण्डरी स्कुलमा बक्तृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ । मित्र प्याराडाईज बाल क्लबका अध्यक्ष बिद्यार्थी कृष बिष्टको सभापति एबम बिद्यालयकि सह-प्रधानध्यापक उषा श्रेष्ठको प्रमुख आथित्यतामा सप्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरुलाई घरको चुलोचौकामा मात्र सिमित नगराएर राज्यका हरेक तहमा समान अधिकार दिन जोड दिएका थिए।
प्रतियोगितामा आधारभुत तर्फ भिजन खड्का प्रथम, मोनिका सिंह ठकुरी द्वितिय, रिन्चेन रेग्मी तृतिय स्थान हासील गरेका छन ।
त्यस्तै माबि तर्फ सरिता राना प्रथम, अन्जिल थापा द्वितीय र सीतल थापाले तृतीय स्थान हासिल गरेको शिक्षक प्रेम बुढाथोकिले जानकारी दिनुभयो । साथै प्रथम द्वितीय तृतीय हुने बिद्यार्थीलाई अबिर तथा पुरुस्कार प्रदान गरिएको शिक्षक बुढाथोकीले जानकारी दिनु भयो ।
मित्र प्याराडाइज बाल क्लबकी सचिब बिद्यार्थी सीतल थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक शान्त बस्नेतले गर्नु भएको थियो।