२०८२ बैशाख ४ गते शुक्रवार

प्युठान सरुमारानीको एक सिंगो गाउँ नै नेकपा एमालेमा प्रवेश



प्युठान । २४ प्युठान सरुमारानीको एक सिंगो गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका – ६ रज्जे पाङवाङमा नेकपा माओवादीबाट ७२ र नेपाली काँग्रेसबाट २३ घरपरिवार सहित जम्मा ९५ घर परिवार नेकपा एमालेमा प्रवेश गरेको एमाले प्युठान जिल्ला कमिटी सदस्य पुर्ख सिह सुनारले बताए ।

 नेकपा एमालेले नै विकास र समृद्धिको काम पुरा गर्ने भन्दै गाउँबासी सबै एमालेमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई नेकपा एमालेका लुम्बिनी प्रदेश सचिबालय सदस्य तुलसिराम शर्मा, एमाले प्युठान जिल्ला उपाध्यक्ष झग वहादुर बिश्वकर्मा लगायतले टिका खादा लगाएर पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा एमाले प्युठानका सचिबालय सदस्य मोहम्मद हलिम हलुवाई, जिल्ला सचिबालय सदस्य मिना सोमै जिल्ला सदस्य टंक जिसी, जिल्ला सदस्य थम्मन साठिघरे, जिल्ला सल्लाहकार समिती सदस्य बासुदेव गिरी सरुमारानी गाउँपालिका उप-अध्यक्ष उम बहादुर खाम्चा, पालिका सचिब चिन्त बहादुर सोमै लगायतले स्वागत गर्दै एमाले संधै जनताको पक्षमा काम गर्ने 

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार