२०८१ बैशाख ६ गते बिहिवार

आगलागी हुँदा जलेर दुई जनाको मृत्यु




फाल्गुन २०
दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय रमेश बादी रहेका छन् ।
चुलोबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २० गते शुक्रवार