२०८० असोज १७ गते बुधवार

एकमाथि अर्को गर्दै चार वटा अण्डा राखेर गिनिज वर्ल्ड रेकर्ड




फाल्गुन ०४
रेकर्ड राख्न पनि थरिथरिका उपाय खोजिन्छ त्यस्तै रेकर्ड को नाममा एउटा नाम थपिएको छ। यमनका मोहम्मद मुकबेलले एकमाथि अर्को गर्दै चार वटा अण्डा राखेर गिनिज वर्ल्ड रेकर्ड बनाएका छन् ।

उसले टर्कीको इस्तानबुलमा चारवटा अण्डालाई एकमाथि अर्को गरी सन्तुलनमा राखेर फेरि अण्डाको सबैभन्दा ठूलो स्ट्याकको कीर्तिमान हासिल गर्दै अरूका लागि बार सेट गरेका हुन् ।
यो साधारण देखिन सक्छ, तर यो रेकर्ड तोड्न धेरै गाह्रो हुने जनाइएको छ । अण्डाको अद्वितीय आकार र बनावटको कारण प्रत्येक अण्डाको गुरुत्वाकर्षण केन्द्र पत्ता लगाउनु गाह्रो रहेको मुकबेल बताउँछन् ।

दुइटा कीर्तिमान तोडेका उनले भविष्यमा थप प्रयास गर्ने बताएका छन् । गत वर्ष उनले एकमाथि अर्को तीनवटा अण्डा राखेर कीर्तिमान तोड्न सफल भएका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार