२०८१ माघ २४ गते शुक्रवार

के गाँजा खेतीले नेपालमा वैधानिकता पाउला?




माघ २४
सरकारले गाँजा खेतीलाई वैधानिकता दिने भएको छ । औषधि प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी सरकारले छ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको हो ।

लामो समयदेखि गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग भइरहेको बेला गृहमन्त्रालयले गाँजा खेतीलाई वैधानिकता दिन लागेको बुझिएको छ । गृहमन्त्रालय स्रोतका अनुसार अहिले गाँजा खेतीसम्बन्धी मन्त्रालयको नीति–योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले औषधीय प्रयोजनका लागि गाँजा खेती कार्यविधि बनाइरहेको छ ।
स्रोतका अनुसार कार्यविधि बनेपछि सरकारसँग अनुमति दिएर औषधि प्रयोजनका लागि गाँजा खेती गर्न पाइनेछ । ‘गाँजा खेतीलाई कसरी अनुमगन र नियमन गर्ने भन्ने विषय कार्यविधिले बोल्छ, ‘ स्रोत भन्यो, ‘पहिले पनि औषधीय प्रयोजनका लागि यो प्रयोग भइरहेकै थियो तर कुनै अनुगमन हुँदैनथ्याे । अब यसलाई कानुनको दायरामा ल्याउन खोजिएको हो ।’

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार