
माघ २२
नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको वडा नम्बर ६ लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५ महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी इन्सपेक्टर देविप्रसाद गैरेले जानकारी दिनुभयो । मृतको अहिलेसम्म सनाखत हुन सकेको छैन् । बिहान तीन बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा अन्य ५ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी इन्सपेक्टर गैरेले जानकारी दिनुभयो । जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियो ।
प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार