२०८१ माघ २४ गते शुक्रवार

विविध बिधामा पत्रकारहरुको क्षमता अभिवृद्धि तालीम आज देखी घोराहीमा सुरु




माघ १०


विविध बिधामा पत्रकारहरुको क्षमता अभिवृद्धि तालीम आज देखी घोराहीमा सुरु भएको छ।
घोराही उपमहानगरपालिका को सहयोग र नेपाल पत्रकार महासघ दाङ शाखाको आयोजना मा तीन दिने विविध बिधामा पत्रकारहरुको क्षमता अभिवृद्धि तालीम आज देखी सुरु भएको हो ।
पत्रकार महासघ दाङ का अध्यक्ष दुर्गालाल के.सिको अध्यक्षता , नेपाल पत्रकार महासघ का केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यता एबम नेपाल पत्रकार महासघ का केन्द्रिय उपाध्यक्ष उदय जि.एम र घोराही उपमहानगरपालिका का मेयर नरुलाल चौधरी को विशिष्ट आतिथ्यता कार्यक्रम को उद्घघाटन गरिएको हो।

उद्घघाटन समारोहमा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासघ का केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले समाजमा रहेका तमाम बिकृती लाई सतह मा लिउन र निति निर्माण गर्ने निकाए लाई सजक बनाउन यो तालिमले सहयोग गर्ने धारण राख्नु भयो। पत्रकारिता समाजको एक अभिन्न अङ्ग भएको ले सूक्ष्म तथा पछि पारिएका मुद्दा लाई बहस ल्याउनु पर्ने दायित्व पत्रकारको भएको ले त्यस प्रती ध्यान दिन आग्रह गर्नु भयो।
त्यस्तै कार्यक्रम का विशिष्ट अतिथी नेपाल पत्रकार महासघ का केन्द्रिय उपाध्यक्ष उदय जि.एम ले समाज प्रतिको दायित्व निर्बाह गर्नु र मिसन पत्रकारिता गर्न यो तालीम उपलब्धि मुलक होस भनी कामना गर्नु भयो।अर्का विशिष्ट अतिथि घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले सुशासन,स्थिरता ,दिगो बिकास र व्यावसायिक रुप मा पत्रकारिता को लागि यस्ता तालीम उपलब्धिमुलक हुने बताउनु भयो।
कार्यक्रममा प्रेस काउन्सिल का सदस्य सरद अधिकारि ,
घोराही उपमहानगरपालिका सूचना शाखाका बिमल अग्रहरी,महासघ का निबर्तमान अध्यक्ष
सबिन प्रीयासन आदि ले स्वागत मन्तव्य राख्नु भएको थियो ।
महासघ दाङ कि उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन महासघ दाङ का सचिब आर.के.शितलले गर्नु भएको थियो।तालीममा ५५ जना सहभागीहरु रहेका छ्न।तालिम पर्सि सम्म संचालन हुने छ।

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार