
डिल्लीराज भुसाल
दाङ ,माघ ५।
जनपत्रकार संगठन दाङ ले पत्रकार महासंघ दाङ शाखामा आज ज्ञापनपत्र बुझाएको छ।
जनपत्रकार संगठन दाङ का अध्यक्ष हेमन्तप्रकाश ओलि को नेतृत्वमा गएको टोलि ले पत्रकार महासंघ दाङ का अध्यक्ष दुर्गालाल के.सि लाई आज एक कार्यक्रमका बिच ज्ञापनपत्र बुझाएको हो।
श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक ,पेशागत हकहित को ग्यारेन्टी गर्न माग गरिएको छ।साथै कोभिड को तेस्रो लहर बाट पत्रकारहरु संक्रमीत भएको हुदा पत्रकारहरु लाई खोपको ब्यबस्थापन गर्न भनिएको छ।
ज्ञापनपत्रमा समानुपातिक बिज्ञापन प्रणाली लागु गर्न साथै पत्रकार महासंघ को नयाँ सदस्यता बितरण गर्दा निस्पक्ष तथा सहजै बास्तबिक पत्रकारलाई प्रदान गरियोस् र पत्रकार को क्षमता अबिबृदि को लागि महासंघ ले तालीमको ब्यबस्थापन गरियोस भनिएको छ।
ज्ञापनपत्र पत्र बुझ्दै पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसि ले महासंघ सदैव निस्पक्ष तरिकाले अगि बढेको र भोलिका दिनमा जनपत्रकार संगठन सङ समन्वय गर्दै अघि बढ्ने बताउनु भयो।
यस्तो छ ज्ञापनपत्र को पुर्ण पाठ:
