
माघ १
तनहुँको बन्दीपुर गाउँपालिका धरमपानीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
५ जना घाइते भएका छन् । शुक्रबार साँझ बन्दीपुर गाउँपालिकाको वडा नंं ६ बाक्सेबाट धरमपानीका लागि छुटेको ग १ ज ६५५५ नम्बरको जीप हटियामा दुर्घटना हुँदा बन्दीपुर गाउँपालिका वडा नं। ६ धरमपानी बस्ने ९ महिने बालिका आरूबि थापा, २३ वर्षीय रोशन गुरूङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशिलादेवी न्यौपाने, ७६ वर्षीया बिममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा सनिषा थापा, ७ महिनाकी बालिका दिविसा मगर, मम्फुली गुरुङ, कुमारिया गुरुङ र जमुना थापा घाइते भएका छन्।
प्रकाशित मिति : २०७८ माघ १ गते शनिवार